Section 6
मुद्दा हेर्ने अधिकार र पुनरावेदन

दफा ५ को उपदफा (१) र (२) बमोजिमको कसूर सम्बन्धी मुद्दाको शुरु कारवाही र किनारा गर्ने अधिकार सम्बन्धित भन्सार अधिकृतलाई हुनेछ र निजको निर्णय उपर चित्त नबुझ्ने ब्याक्तिले पैतिस दिनभित्र राजश्व न्यायाधिकरणमा पुनरावेदन दिन सक्नेछ ।